जिल्ला प्रशासन कार्यालयमा दुर्गा प्रसाईंको सुटुक्क बयानपछि साधारण तारेखमा रिहाई
भक्तपुर — जिल्ला प्रशासन कार्यालय भक्तपुरले बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छोडेको छ । प्रशासन कार्यालयले माघ २ गते अभद्र व्यवहार गरेको उजुरीमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानका अनुसार प्रहरीले आइतबार जिल्ला सरकारी वकिललाई प्रसाईंविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको थियो ।
एसपी प्रधानका अनुसार प्रसाईंले मंगलबार प्रशासन कार्यालयमा गएर बयान दिएका थिए ।
भक्तपुरका साहयक सीडीओ दीलिप लामिछानेले प्रसाईंको बयान पछि उनलाई साधारण तारेखमा छोड्ने आदेश दिइएको पुष्टि गरे ।
प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिएका थिए ।
यो पनि पढ्नुहोस् :
दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी
प्रसाईंले दिए उजुरी, गिरीले हाले मुद्दा
सम्बन्धनका लागि घुस मागेको प्रसाईंको आरोप