सम्बन्धनका लागि घुस मागेको प्रसाईंको आरोप

‘प्रसाईंले भनेको ठाउँमा म गएकै छैन, आरोप झुटो : गिरी’
सुदीप कैनी

काठमाडौँ — झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले सम्बन्धन दिलाउन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रकम मागेको आरोप लगाएका छन् । 

ZenTravel

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले उपाध्यक्ष गिरीले गत मंसिर १५ गते काठमाडौंको द्वारिकाज होटलमा भेटेर २० करोड मागेको दावी गरे। ‘सम्बन्धनका लागि निवदेन लिएर आयोगको कार्यालयमा गएको थिएँ, उहाँले (उपाध्यक्ष गिरी) ले त्यही दिन बेलुका भेटुम भन्नुभयो,’ प्रसाईले पत्रकार सम्मेलनमा भने, ‘बेलुका उहाँले पैसा माग्नु भयो, म त्यत्रो पैसा दिन सक्दिनँ भनेर उठेर हिडें।’

Meroghar

गिरीले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समेत पैसा बुझाउनु पर्ने भन्दै रकम मागेको आरोप प्रसाईंले लगाए। पत्रकार सम्मेलनमा प्रसाईंले बाँडेको प्रेस विज्ञप्तिमा भने घुस बारे केही उल्लेख गरिएको छैन। नगद रकम दिन नसके मेडिकल कलेजको १० प्रतिशत शेयर आफ्नो नाममा गरिदिन आग्रह गरेको समेत उनले सुनाए।

पत्रकार सम्मेलनमा बोल्दै जाँदा प्रसाईंले २० करोड मागेको बताएका हुन्। रकम माग गरेको कुनै प्रमाण छ? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, ‘म कसैसँग कुरा गर्दा रेर्कड गर्दिनँ, म पढेको मान्छे पनि होइन, मलाई रेकर्ड गर्न पनि आउँदैन, म्यासेज हेर्न र लेख्न पनि आउँदैन।’ उनले सम्बन्धनका लागि ‘१/२ करोड’ सम्म खर्च गर्न सक्ने पनि पत्रकार सम्मेलनमा बताए। यसअघि सञ्चारकर्मीहरूसँग प्रसाईले आफुसँग घुस मागेको अडियो रेकर्ड नै रहेको दावी गरेका थिए।

गिरीले रकम मागेको विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जानकारी गराएको उनले बताए।

चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार बीएण्डसीले सम्बन्धन पाउनु पर्ने उनको तर्क छ। सम्बन्धन दिन नमिल्ने भने सरकारले आफ्नो मेडिकल कलेज किन्नु पर्ने उनले बताए। प्रसाई यसअघि पनि बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको विषयमा तथ्य बिनै बोल्दा विवादित बनेका थिए।

प्रसाईंको आरोपको भने उपाध्यक्ष गिरीले कपोकल्पित भन्दै खण्डन गरे। ‘आयोगको कार्यालयमा उहाँ निवेदन लिएर आउँदाबाहेक मेरो भेट भएको छैन। मैले कागजजात पुगेको छैन, आयोगका कर्मचारीसँग कुराकानी गरेर थप कागजात ल्याउनु भनेको हुँ,’ गिरीले कान्तिपुरसँग भने, ‘मेरो उहाँको द्वारिकाज होटलमा भेट भएको पनि छैन, फोनमा कुरा भएको पनि छैन। रकम मागेको कुरा सतप्रतिशत झुट हो।’

प्रकाशित : पुस २३, २०७६ १५:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश–३ को प्रदेशसभामा राजधानीबारे छलफल 

सुवास विडारी

मकवानपुर — प्रदेश–३ राजधानीबारे प्रदेशसभामा छलफल सुरु भएको छ । प्रदेशसभा भवन हेटौंडामा सुरु बैठकमा बुधबारबाट प्रदेशको स्थायी राजधानीबारे औपचारिकरुपमा छलफल सुरु हुने भएको हो ।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशको स्थायी राजधानी र नाम टुंग्याउन बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन छलफलका लागि प्रस्तुत निर्णय गरेको हो ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक दीपक निरौलाले प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सहमति कार्य व्यवस्थामा भएको छ । प्रस्तावमाथि बोल्न चाहने सांसदहरुलाई ५/५ मिनेट समय दिने सहमति पनि बैठकमा भएको कांग्रेस सचेतक छिरिङदोर्जे लामाले जानकारी दिए ।

प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७६ आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले पेश गर्ने र सभामुख सानुकुमार श्रेष्ठले विषयगत समिति सदस्यहरुको हेरफेर तथा थपघटलाई सभाको सहमतिको लागि पेश गर्ने कार्यसुची प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।

प्रकाशित : पुस २३, २०७६ १५:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×