१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय भक्तपुरले बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

अभद्र व्यवहार गरेको उजुरीपछि प्रसाईंलाई जिल्ला प्रशासन कार्यालयले बिहीबार पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानले कान्तिपुरसित भने, 'उहाँ (दुर्गा प्रसाईं)विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उहाँलाई पक्राउ गर्न हामीले झापा प्रहरीलाई पनि सम्पर्क गरेका छौं तर त्यहाँ नभेटिएको भन्ने खबर आएको छ । हामी खोज्दैछौं ।'

प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिएका थिए ।

प्रसाईंले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घूस मागेको दाबी गरेका थिए । प्रसाईंले डा. गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका थिए ।

गिरीले प्रसाईंको आरोप खण्डन गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती तथा मानहानीको मुद्दा दर्ता गरेका थिए ।

यो पनि

प्रकाशित : माघ २, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?