प्रसाईंले दिए उजुरी, गिरीले हाले मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

ZenTravel


मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घूस मागेको दाबी गर्दै आएका उनले उजुरी दिएका हुन्। गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्ष र स्वास्थ्य सेवा बिमा बोर्डको निर्देशक हुँदा देखिको सम्पत्ति विवरण छानबिन गरिनुपर्ने उनको माग छ। गिरीले बीएन्डसीका लागि सम्बन्धन दिन गत मंसिर १५ गते द्वारिकाज होटलमा भेटेर २० करोड मागेको आरोप प्रसाईंको छ।

Meroghar


आफू द्वारिकाज होटल नै नगएको भन्दै आरोपको खण्डन गर्दै आएका गिरीले प्रसाईं विरुद्ध मंगलबार मुद्दा हालेका छन्। काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती तथा मानहानिको मुद्दा दर्ता गराएका हुन्। मिथ्या आरोप लगाई मानहानी गरेकाले बाध्य भएर अदालतमा मुद्दा दर्ता गराउनु परेको उनले बताए।

प्रसाईंले मंगलबारै राजधानीमा पत्रकार सम्मेलन गर्दै आफू पनि गिरी विरुद्ध अदालत जाने तयारी गरेको बताएका छन्। उनले चिकित्सा शिक्षा ऐन जारी भएर आयोग गठन भइसक्दा पनि पूर्वाधार पूरा गरेको मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै उनले असन्तुष्टि जनाए।

गत मंसिर १५ मा प्रसाईं सम्बन्धनका लागि निवेदन लिएर आयोग कार्यालय पुगेका थिए। गिरीले आवश्यक कागजातसहित सम्बन्धनका लागि आवेदन दिन आग्रह गरेपछि उनीहरूबीच विवाद सुरु भएको हो।

प्रकाशित : पुस २९, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्

८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकको रकम आफूले निकालेर अनियमितता गरेको आरोपमा आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कृषि विकास बैंकको न्यूरोड शाखाकी सहायक दिपिका रेग्मीसहित शाखा प्रबन्धक प्रेमहरी ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, ऋण अधिकृत सलिल रेग्मी, ऋण शाखाका अर्का प्रमुख महेश्वर मरहट्टामाथि भ्रष्टाचारमुद्दा दायर गरेको हो । त्यसैगरी तारानाथ पाण्डे, रमेशराज विष्ट र दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानीलाई पनि अख्तियारले विपक्षी बनाएको छ ।

अख्तियारले सहायक रेग्मी र ढुंगेलमाथि चार करोड २४ लाख रुपैंया र गिरीमाथि दुई करोड ६१ लाख रुपैंया बिगो मागदाबी गरेको छ ।

ऋण अधिकृत रेग्मीमाथि एक करोड १० लाख,विष्टमाथि चार करोड २४ लाख,घतानीमाथि दुई करोड ६७ लाख रुपैंया बिगो मागदाबी गरेको छ । उनीहरुले एकाउन्ट पेशी चेक अर्का खातामा पठाई त्यहाँबाट रकम निकालेको आरोप छ ।

प्रकाशित : पुस २९, २०७६ १९:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×