कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सुत्केरी बिदा नदिने प्रअ प्रहरी नियन्त्रणमा  

विद्या राई

काठमाडौँ — असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई सुत्केरी बिदा नदिने प्रधानाध्यापक सुरेन्द्र केसीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षिका अर्यालले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएको १५ दिनमा प्रअ केसीलाई नियन्त्रणमा लिएको एसएसपी उत्तमराज सुवेदीले बताए ।

सुत्केरी बिदा नदिने प्रअ प्रहरी नियन्त्रणमा  

कहाँ र कुन समयमा नियन्त्रणमा लिएको भन्ने बारेमा एसएसपी सुवेदी स्पष्ट हुन चाहेनन् । ‘घर एरियाबाटै होला, कहाँबाट कति बेला भन्ने मलाई थाहा छैन,’ उनले भने ।


केसीमाथि अनुसन्धान भइरहेको बताँउदै एसएसपी सुवेदीले कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।


प्रअ केसीले मानवीय संवेदना नदेखाएकै कारण गर्भमै शिशुको मृत्यु भएको भनि शिक्षिका अर्यालले भदौ २२ मा टेकु परिसरमा उजुरी दिएकी थिइन् ।


त्यहीदिन एसपी अशोक सिंहले ‘तोक’ लगाएर परिसरकै महिला सेललाई अनुसन्धानका लागि पठाएका थिए । महिला सेलले मुद्दा फाँटका डीएसपीलाई उजुरी ‘फरवार्ड’ गराएका थिए । गम्भीर र फरक प्रकृतिको केस भएको भन्दै प्रहरीले उजुरी उपर कारबाही गर्न आलटाल गर्दै आएको थियो ।


यस घटनामा मानव अधिकार आयोग, महिला आयोग, महिला अधिकारवादी संघसंस्था तथा अधिकारकर्मीहरुको ध्यानाकर्षण भएको थियो । संसदमा पनि ध्यानाकर्षण भएको थियो ।


मुलकको अपराध संहिता र सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को प्रावधान अनुसार गर्भवती महिलामाथिको भेदभाव भएकाले कारबाहीको माग गर्दै भदौ २६ मा नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिभिसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।


यो पनि पढ्नुहोस्:

गर्भवती शिक्षिकालाई बिदा नदिंदा...

प्रकाशित : आश्विन ५, २०७६ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?