२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सुत्केरी बिदा नदिने प्रअलाई कारबाही गर्न सांसद थापाको माग

काठमाडौँ — असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई प्रधानाध्यापक सुरेन्द्र केसीले सुत्केरी बिदा नदिइ उल्टो मानसिक यातना दिएर शिशु गुमाउनुपरेको बिषयलाई लिएर नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारसँग कारबाहीको माग गरेका छन् । 

सुत्केरी बिदा नदिने प्रअलाई कारबाही गर्न सांसद थापाको माग

‘सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिन तलबसहितको प्रसूति अधिकार हुनेछ भने विज्ञ चिकित्सकको रायमा एक वर्षसम्म बेतलबी बिदाको हक हुनेछ भन्ने हाम्रो कानुन छ,’ प्रतिनिभिसभाको शुन्य समयमा बोल्दै संसद थापाले भने, ‘काठमाडौंको त्यौड माविकी शिक्षिकाले चिकित्सकको रायअनुसार आराम गर्नुपर्छ भनेपछि पटक पटक बिदाको माग गर्दा पनि प्रधानाध्यापकले बिदा नदिई उल्टो मानसिक यातना दिँदा शिशु गुमाउनुपरेको छ, काठमाडौंकै विद्यालयमा प्रअबाट यो व्यवहार हुन्छ भने दुरदराजको ठाउँमा कस्तो हुन्छ भन्ने अनुमान गर्न सक्छौ ।’


कानुन नमान्ने र महिलालाई हेप्नेलाई छाडिन्न भन्ने सन्देश प्रभाहित गर्नका निम्ति यस्तो अपराध गर्ने प्रधानाध्यापकलाई सरकारले दण्ड दिनुपर्ने सांसद थापाल बताए ।


यो अवस्थालाई बदल्न सरकारसँग मौका रहेको पनि उनले बताए । प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको हकको अधिकार संविधानमा उल्लेख छ ।


यो पनि पढ्नुहोस्:

प्रकाशित : भाद्र २६, २०७६ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?