२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गैह्रीगाउँ हत्या प्रकरण : पक्राउ परेका दीपेन्द्र राई रिहा

काठमाडौँ — काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ । हत्यामा उनकोकुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 

उनका अनुसार उक्त हत्या प्रकरणमा राइको कुनै संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो । घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौं काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।

गएको शुक्रबार मध्यराति गैह्रीगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उनकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीया सुमित्रा भुजेलको हत्या भएको थियो ।

प्रकाशित : आश्विन १, २०८० १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x