कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सेल्सबेरीको नयाँ शाखा कालिमाटीमा

काठमाडौँ — सेलवेज क्यास एण्ड क्यारीको ‘सेल्सवेरी’ नयाँ शाखा कालिमाटीमा सञ्चालनमा आएको छ । महाराजगंजमा सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरमा शाखा सञ्चालनमा ल्याएको अवसरमा बम्पर पुरस्कार पनि ल्याएको छ ।

सेल्सबेरीको नयाँ शाखा कालिमाटीमा

कम्पनीले लक्कि ड्र स्किम मार्फत बम्पर पुरस्कारको रुपमा एमजी कोमेट इभी पेस विद्युतीय कार र प्रथम हुनेलाई सेगवे नाइनबोट ई१०० स्कुटर तथा अन्य पुरस्कारहरु राखिएको छ । महाराजगंजस्थित सेल्सवेरी टावरमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिंग पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधा सहितको विश्व स्तरीय रेष्टुरेण्ट सहित स्वदेशी एवम् अन्तराष्ट्रिय गुणस्तरिय सामानहरु पाइनेछ ।

उक्त अत्याधुनिक भवनमा ४ तल्ला बेसमेन्ट पार्किङ छ । भुई तल्ला देखि छैठौं तल्ला सम्म डिपार्टमेण्टल स्टोर सञ्चालन हुनेछ । सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरु रहनेछ ।

चालु आर्थिक वर्षको अन्तयसम्म काठमाडौं तथा पोखरामा थप ६ वटा शाखा सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । हरेक वर्ष सानो, मध्यम तथा ठुलो स्तरको १०(१५ वटा सम्म शाखा संचालन विस्तार गर्ने लक्ष्य कम्पनीको छ । सेल्सवेरी ब्राण्डमा हाल ३२ वटा शाखा मार्फत आफ्नो व्यापार, व्यवसाय सञ्चालनमा छ ।

प्रकाशित : वैशाख २१, २०८१ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?