२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने 'किड्डी फेस अफ द इयर'का विजेता 

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल– २०२३’का विजेताहरु घोषणा गरिएको छ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सातौं संस्करण अन्तर्गत आयोजना गरेको कार्यक्रममा विजेताहरु घोषणा गरिएको हो ।

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने 'किड्डी फेस अफ द इयर'का विजेता 

जसमा सिनियर र जुनियर अन्तर्गत केटा र केटी गरेर ४ विजेता चुनिएका छन् । ‘विजेताहरुमा आरुष भट्टराई, ब्रबिम बराल, सायुरी कँडेल र अक्क्षयनी दाहाल भएका छन्’ रेडियन्ट इभेन्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा सिनियर केटातर्फ भट्टराई, जुनियर केटातर्फ बराल, सिनियर केटीतर्फ दाहाल र जुनियर केटीतर्फ कँडेलले उपाधि प्राप्त गरेका हुन् । त्यस्तै आरजय कोइराला सेकेन्ड रनरअप बन्न सफल भए । सिनियर केटीतर्फ सावलिन महर्जन फस्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने भने जुनियर केटीतर्फ सदीक्षा जीसी फष्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअपको उपाधि प्राप्त गर्न सफल भए ।

विजेताहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर र दावा एचएमसी नेपाल प्रालीको तर्फबाट गिफ्ट हृयाम्पर प्राप्त गरेको इभेन्टले जनाएको छ ।


प्रकाशित : आश्विन १५, २०८० २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?