कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै

डिल्लीराम खतिवडा

उदयपुर — स्थानीय तह निर्वाचनअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । शनिबार अपराह्न ४ बजेको परिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बसन्तकुमार बस्नेतले १ हजार ९५० मन्तान्तरले अग्रता लिइरहेका छन् । बस्नेतले ९ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् ।

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै

उनलाई पछ्याइरहेका नेकपा एमालेका भागवत राउतले ७ हजार ६९५ मत पाएका छन् । तेस्रो स्थानमा रहेको नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरीले ६ हजार ९५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपमेयरमा कांग्रेसकै सरिता राईले ८ हजार ६३१ मत लिएर अग्रता कायम गरेकी छन् । उनलाई एमालेकी महेश्वरी राईले ८ हजार ४७४ मतका साथ पछयाइरहेकी छन् । उनीहरुको मतान्तर १५७ मात्र छ । तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी गीता खड्का कार्कीले ५ हजार ३०७ मत प्राप्त गरेकी छन् ।

१६ वडा रहेका त्रियुगा नगरपालिकामा अहिलेसम्म १, २, ३ , ४ ,५, १३ , १४,१५ र १६ समेत ८ वडाको मतगणना सम्पन्न भइसकेको सहायक निर्वाचन अधिकृत दिलीप मगरले बताए ।

यहाँ ६० हजार मतदाता रहेकोमा ४१ हजार ८ सय ९८ मत खसेको छ । अहिलेसम्म २७ हजार ९ सय ७५ मतमात्रै गणना गरिएको छ । मतदान विवादका कारण निर्वाचन सम्पन्न भएको ११ दिनपछि मतगणना सुरु भएको हो ।

प्रकाशित : जेष्ठ १४, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?