कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाको माथागढी र बगनासकालीमा कार्यपालिका निर्विरोध

माधव अर्याल

पाल्पा — जिल्लाको माथागढी र बगनासकाली गाउँपालिकामा नेकपा एमालेका ६/६ जना कार्यपालिका सदस्य निर्वाचित भएका छ्न् । एमालेको बहुमत सदस्य रहेकाले बगनासकालीमा गठबन्धनका तर्फबाट उम्मेदवारी नै परेन । माथागढी गाउँपालिकामा कार्यपालिका सदस्यमा निर्वाचनबाट चुनिएका छन् ।

पाल्पाको माथागढी र बगनासकालीमा कार्यपालिका निर्विरोध

यसरी निर्वाचित हुनेहरुमा वडा सदस्यबाट वडा ३ बाट निर्वाचित लिलासरा चिदी, वडा १ बाट निर्वाचित तुल्सा न्यौपाने, वडा ४ बाट निर्वाचित रुकुमी सुनारी, वडा २ बाट निर्वाचित मंगली कुमाल रहेका छन् । वडा ७ बाट भिमकुमारी परियार, पूर्णबहादुर सुनार रहेको गाउँपालिकाका अध्यक्ष यम चिदीले जानकारी दिए ।

बगनासकाली गाउँपालिकामा निर्विरोध निर्वाचित हुने कार्यपालिका सदस्यमा वडा सदस्यबाट निर्वाचित वडा २ बाट गीता रेग्मी, वडा ५ बाट खुमादेवी भट्टराई र वडा ८ बाट उमकला न्यौपाने अर्याल, वडा ३ बाट वसन्ती थापा रहेको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् । यसैगरी खुला दलित सदस्यबाट वडा ३ का तेजप्रसाद रसाली र वडा ६ का वोमलाल सुनार निर्विरोध भए ।

बगनासकाली र माथागढीमा कांग्रेसबाट निर्वाचित सदस्य भए पनि बहुमत सदस्य एमालेको भएकाले मनोनयन नपरेकाले सबै एमालेका निर्वाचित भएका हुन् । उनीहरुलाई आइतबारमात्र निर्वाचित भएको घोषणा गरिने छ । माथागढीमा १६ र बगनासकालीमा १७ जनाको कार्यपालिका रहेको छ ।

बगनासकालीमा एमालेबाट १४ जना र नेपाली कांग्रेसबाट ३ जना रहेका छन् । माथागढीमा भने एमालेबाट १२ र कांग्रेसबाट ४ जना रहेका छन् ।


प्रकाशित : जेष्ठ १२, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?