कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रियुगा नगरपालिकामा समाजवादीको सूरुआती अग्रता

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिकामा पछील्लो दुई दिनदेखि मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एकीकृत समाजवादी)बाट मेयरका उम्मेदाव बलदेव चौधरीले ६७ मतान्तरले अग्रता लिइरहेका छन् ।

त्रियुगा नगरपालिकामा समाजवादीको सूरुआती अग्रता

मतदान विवादका कारण निर्वाचन सम्पन्न भएको ११ दिनपछि सुरु गरिएको मतगणनाको पछिल्लो नतिजा अनुसार एकीकृत साजवादीका चौधरीले ३ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् ।

उनलाई कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले ३ हजार ५ सय ५ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार भागवत राउतले २ हजार ५ सय १८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जनाएको छ ।

त्यस्तै उपमेयरमा कांग्रेसकी सरिता राई ३ हजार २ सय ५ मतसहित अग्रस्थानमा छिन् । उनलाई माओवादी केन्द्रकी गीता खड्का कार्कीले २ हजार ९ सय ३५ मतसहित पछ्याइरहेकी छन् ।

यस्तै तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी महेश्वरी राईले हालसम्म २ हजार ७ सय ६९ मत ल्याएकी छन् । १६ वडा रहेको त्रियुगा नगरपालिकामा अहिलेसम्म ५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिए । त्रियुगा नगरपालिका उदयपुर जिल्लाको सदरमुकाम रहेको क्षेत्र पनि हो ।

प्रकाशित : जेष्ठ १२, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?