कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषाका नवनिर्वाचित पालिका प्रमुखहरुले लिए शपथ 

श्यामसुन्दर शशि

जनकपुर — धनुषाका १८ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले शपथ लिएका छन् । जनकपुरधाम उपमहानगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार अपराह्न सामूहिक शपथ ग्रहण समारोहमा उनीहरुलाई जिल्ला अदालतका न्यायाधीश तथा जिल्लाका मुख्य निर्वाचन ब्रजेश प्याकुरेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

धनुषाका नवनिर्वाचित पालिका प्रमुखहरुले लिए शपथ 

समारोहलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत प्याकुरेलले सेवाग्राहीहरुको हितलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।

धनुषामा निर्वाचन आचारसंहिता उल्लंघनका गम्भीर घटना नभएको भन्दै उनले दल तथा उम्मेदवारहरुलाई धन्यवाद दिए ‘पाँच वर्षे कार्यकाल सकाएको स्थानीय सरकारका जनप्रतिनिधिहरु, राष्ट्रसेवक तथा मतदाताहरु अब कार्यकुशल हुँदैछन् । अब काम गर्न पनि सजिलो हुन्छ । ’

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट धनुषाका एक उपमहानगरपालिका, ११ नगरपालिका तथा ६ पालिकामध्ये नेपाली कांग्रेसले १० स्थानीय तहमा प्रमुख जितेको छ भन्ने नेकपा एमाले र जनता समाजवादी पार्टीले ३/३, नेकपा माओवादी केन्द्रले १ तथा जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी भएका छन् ।


प्रकाशित : जेष्ठ १०, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?