पोखरामा कांग्रेसको पनि पुन:मतगणनाको माग
पोखरा — पोखरा महानगरपालिकामा कांग्रेसले पनि दुई वडामा पुनःमतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार निवेदन बुझाएको छ ।
कांग्रेसले वडा १ र १७ मा पुन:मतगणनाको माग गर्दै निवेदन बुझाएको हो । उक्त वडाको नतिजा आफ्नो प्रतिकूल हुने गरी सुनाइएको र केही मत गायब पारिएको जानकारी प्राप्त भएकोले पुन:मतगणना गर्नुपर्ने कांग्रेस उम्मेदवारले बुझाएको निवेदनमा उल्लेख छ ।
दुई वडामा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । यसअघि एमालेले वडा १८ र ३१ मा पुन:मतगणनाको माग गर्दै निवेदन दिएपछि बाँकी वडाको मतगणना स्थगित छ ।
प्रतिक्रिया