कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा कांग्रेसको पनि पुन:मतगणनाको माग

दीपक परियार

पोखरा — पोखरा महानगरपालिकामा कांग्रेसले पनि दुई वडामा पुनःमतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार निवेदन बुझाएको छ । 

पोखरामा कांग्रेसको पनि पुन:मतगणनाको माग

कांग्रेसले वडा १ र १७ मा पुन:मतगणनाको माग गर्दै निवेदन बुझाएको हो । उक्त वडाको नतिजा आफ्नो प्रतिकूल हुने गरी सुनाइएको र केही मत गायब पारिएको जानकारी प्राप्त भएकोले पुन:मतगणना गर्नुपर्ने कांग्रेस उम्मेदवारले बुझाएको निवेदनमा उल्लेख छ ।

दुई वडामा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । यसअघि एमालेले वडा १८ र ३१ मा पुन:मतगणनाको माग गर्दै निवेदन दिएपछि बाँकी वडाको मतगणना स्थगित छ ।


प्रकाशित : जेष्ठ १०, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?