कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुर मेयरमा कांग्रेसका चिरीबाबु र उपमेयरमा एमालेका शाक्यको अग्रता कायमै

ललितपुर — पाँच दलीय गठबन्धनबाट ललितपुर मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरमा एमालेका उम्मेदवार मञ्जली शाक्य बज्रचार्यले अग्रता कायम नै राखेका छन् ।

ललितपुर मेयरमा कांग्रेसका चिरीबाबु र उपमेयरमा एमालेका शाक्यको अग्रता कायमै

८६ हजार ५ सय ४० मत खसेकोमा ८२ हजार ४० मत गणना हुँदा महर्जनले ४० हजार २ सय ६३ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ८ सय १० मात्र मत प्राप्त गरे ।

उपमेयरमा एमालेका मञ्जली शाक्य बज्रचार्यले २४ हजार १ सय ३९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १८ हजार ११ मात्र मत प्राप्त गरेका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार महर्जनले ३ सय २६ मतान्तरले व्यञ्जनकारलाई पराजित गरेका थिए । त्यतिबेला महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गर्दा व्यञ्जनकारले २४ हजार ३ सय १६ मात्र मत प्राप्त गरेका थिए । २९ वटा वडा भएको महानगरमा २८ र २९ वडाको मात्र मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?