१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

माओवादीलाई हराउँदै सिरहाको गोलबजारको मेयर र उपमेयरमा एमाले विजयी

सिरहा — सिरहाको गोलबजार नगरपालिकाको मेयरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार श्‍यामकुमार श्रेष्‍ठ ७,९०८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार देव नाथ साहलाई २,२०७ मतान्तरले पराजित गरेका हुन् ।

माओवादीलाई हराउँदै सिरहाको गोलबजारको मेयर र उपमेयरमा एमाले विजयी

पराजित देव नाथ साहले ५,७०१ मत ल्याएका छन् । श्रेष्ठ यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा साहसँगै पराजित भएका थिए । साहले श्रेष्ठलाई १,३५४ मतले हराएका थिए ।

यस्तै उपप्रमुखमा एमालेकै उम्मेदवार मान्‍ती साह ७,७०३ मत सहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार रेशमकुमारी थापाले ५,६४३ मत ल्याएकी छन् । थापा पनि निवर्तमान उपमेयर हुन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?