कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावमा अन्तर्घात गरेको भन्दै माओवादीको नगर कमिटीद्वारा प्रदेश सदस्य बुढाथोकीमाथि कारबाहीको माग

विप्लव महर्जन

सल्यान — स्थानीय तहको निर्वाचनमा पार्टीलाई क्षति पुर्‍याउने गतिविधि गरेको भन्दै माओवादी केन्द्रका कर्णाली प्रदेस सदस्य लोकमान बुढाथोकीलाई कारबाही गर्नुपर्ने भन्दै माओवादी बाग्चौर नगर कमिटीले माग गरेको छ ।

चुनावमा अन्तर्घात गरेको भन्दै माओवादीको नगर कमिटीद्वारा प्रदेश सदस्य बुढाथोकीमाथि कारबाहीको माग

आफ्नै पार्टीका उम्मेदवारलाई हराएर विपक्षीलाई जिताउन सहयोग गरेको भन्दै नगर कमिटीले बुढाथोकीमाथि कारबाही गर्न पार्टी प्रदेश कमिटी समक्ष माग गरिएको हो ।

माओवादी केन्द्र बाग्चौर नगर कमिटीले विज्ञप्ति निकालेर कारबाहीको माग गरेको हो । नगर कमिटीको बैठकले प्रदेस सदस्य बुढाथोकीले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने गतिविधि गरेर विपक्षीलाई सहयोग गरेको आरोप लगाउँदै जिल्ला समन्वय समिति सल्यान मार्फत् प्रदेस कमिटीमा कारबाहीको लागि सिफारिस समेत गरेको छ ।

बुढाथोकी स्थानीय निर्वाचन २०७९ को लागि बाग्चौर नगरपालिका वडा नं ८ र ९ को पार्टी कमाण्ड इन्चार्ज थिए । स्थानीय निर्वाचनमा दुबै वडामा माओवादी केन्द्रका उम्मेदवार पराजित भएपछि बुढाथोकीले इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएका थिए । उनी ०७४ मा माओवादी केन्द्रबाटै बाग्चौर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए ।

बुढाथोकीले अन्तर्घात गरेर पार्टीका उम्मेदवारलाई हराउने मात्र नभई पार्टीलाई असर पुर्‍याउने खालका काम गरेकाले कारबाहीको माग गरिएको बाग्चौर नगर कमिटीका अध्यक्ष शोभाराम भण्डारीको आरोप छ ।

पार्टीको बैठकले स्थानीय निर्वाचनमा पार्टीलाई क्षति पुर्‍याउने काम गर्ने नगर कमिटी सदस्य डिल्ली ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको नगर सचिव दिपक ओलीले बताए । पार्टीलाई सहयोग नगर्ने अन्यलाई पनि कारबाही गरिने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?