कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी विजयी

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको शुद्धोधन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुई फरक पार्टीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेशशरण चौधरी विजयी भएका छन् ।

चौधरीले जनता समाजवादी पार्टीका निसारअहमद खाँलाई २ सय ९९ मतान्तरले पराजित गरे । चौधरीले ४ हजार ४ सय ८१ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी खाँले ४ हजार १ सय ८२ मत ल्याएका थिए ।

त्यस्तै, उपप्रमुखमा नेकपा माओजवादी केन्द्रका होमप्रकाश चौधरी विजयी भएका छन् । उनले ५ हजार १ सय ३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका चादनी चौधरीले ३ हजार २ सय २३ मत ल्याएकी छन् ।

जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको पहिलो जीत हो । जिल्लाको १० मध्ये ९ स्थानीय तहको परिणाम आइसकेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तुको विजयनगरमा एमाले विजयी

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको विजयनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । सीमासँग सटेर रहेको गाउँपालिकामा एमालेका गोपालबहादुर थापाले जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवलाई ५ हजार ४ मतान्तरले पराजित गरे ।

थापाले ५ हजार ८३८ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी यादवले ५ हजार ३४३ मत ल्याएका थिए ।

त्यस्तै, उपप्रमुखमा एमालेकै लक्ष्मीकुमारी चौधरी विजयी भएकी छन् । उनले ४ हजार ९ हजार ३० मत ल्याइ विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी गुन्जेश्वरी कुर्मीले ४ हजार ८४९ मत ल्याएकी थिइन् ।

जिल्लाको ८ वटा स्थानीय तहको परिणाम आउँदा एमालेको तेस्रो जित हो । २ स्थानीय तहको मतगणना भइरहेको छ । यहाँ १० स्थानीय तह छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×