कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीको छिन्नमस्ता अध्यक्षमा लोसपा र उपाध्यक्षमा माओवादी निर्वाचित 

सप्तरी — सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणामअनुासर छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका अध्यक्ष उम्मेदवार विद्यानन्द चौधरी निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार राजुदेवी यादव निर्वाचित भएकी छन् । 

सप्तरीको छिन्नमस्ता अध्यक्षमा लोसपा र उपाध्यक्षमा माओवादी निर्वाचित 

छिन्नमस्ता गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार चौधरीले २ हजार ८ सय ९५ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार सत्यनारायण यादवलाई १ हजार १ सय २९ मतान्तरले पराजित गरेका हुन् । जसपाका अध्यक्ष उम्मेदवार यादवले १ हजार ७ सय ६६ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा निर्वाचित माओवादी केन्द्रकी उम्मेदवार राजुदेवी यादवले २ हजार ४ सय ७२ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार प्रमिलादेवी साहले १ हजार ५ सय ९५ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?