कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारा महागढीमाईको मेयर र उपमेयरमा कांग्रेस विजयी 

बारा — बाराको महागढीमाई नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । महागढीमाईको मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा कांग्रेसकै उम्मेदवार तारादेवी कानु निर्वाचित भएका छन् ।

बारा महागढीमाईको मेयर र उपमेयरमा कांग्रेस विजयी 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार महागढीमाई नगरपालिकाको मेयर पदका लागि कांग्रेसका उम्मेदवार यादवले ८ हजार ६ सय ७० ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादवलाई १ हजार २ र ९४ को मतान्तरले पराजित गरेका हुन् । पराजित रामबाबुले ७ हजार ३ सय ७६ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा निर्वाचित कांग्रेसकी उम्मेदवार तारादेवी कानुले ७ हजार ९ सय ९७ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार पुष्पान्जली देवीले ७ हजार १० मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?