कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरमा ११ हजार मतान्तरले चिरिबाबुको अग्रता

काठमाडौँ — ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनको अग्रता कायम छ । पछिल्लो मत परिणाम अनुसार महर्जनले २७२४२ मत ल्याउँदै अग्रता कायम गरेका छन् ।

ललितपुरमा ११ हजार मतान्तरले चिरिबाबुको अग्रता

उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यन्जनकार १५९८३ मत ल्याउँदै दोस्रो स्थानमा छन् । यस्तै राप्रपाबाट मेयरका उम्मेदवार बनेका अष्टबहादुर महर्जन भने २६१० मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै उपमेयरमा एमालेकी मन्जली शाक्य बज्राचार्यले १५७६५ मत ल्याउँदै अग्रता कायम गरेकी छन् ।

उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले भने १०८३४ मत ल्याएका छन् । ललितपुर महानगरपालिकामा कुल जनसंख्या २,९९,८४३ रहेको छ भने कुल मतदाता संख्या १,२२,८९० रहेको छ । जसमा ५९,४५३ पुरुष र ६३,४३७ महिला रहेका छन् ।

यस महानगरपालिकामा २९ वडा छन् । जारी मतगणना अनुसार निवर्तमान मेयरसमेत रहेका महर्जनले एमालेका मेयरका उम्मेदवार व्यन्जनकारलाई ११ हजारभन्दा बढी मतान्तरले पछि पारेका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?