कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकाका १९ तहको परिणाम : १२ पालिकामा कांग्रेस, पाँचमा एमाले

प्रकाश धौलाकोटी

काठमाडौँ — काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका २१ मध्ये १९ स्थानीय तहको मतगणना सकिएको छ । काठमाडौं र ललितपुर महानगरपालिबाहेक सबै नगरपालिका र गाउँपालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । भक्तपुरका चार, ललितपुरका पाँच र काठमाडौंका दस स्थानीय तहको अन्तिम परिणाम आउँदा कांग्रेसले १२, नेकपा एमालेले पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले एक–एक ठाउँमा जितेका छन् ।

काठमाडौं उपत्यकाका १९ तहको परिणाम : १२ पालिकामा कांग्रेस, पाँचमा एमाले

गत निर्वाचनमा एमालेले काठमाडौं महानगरपालिकासहित १२ वटा पालिकाको प्रमुख पदमा जितेको थियो । कांग्रेसले ललितपुर महानगरपालिकासहित ७ तथा नेकपा माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीले एक–एक वटा स्थानीय तहमा जितेका थिए ।

यसपटक एमालेको पकड मानिएको स्थानमा कांग्रेसले जितेको छ । उपत्यकाका कतिपय स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएका कारण एमालेको बलियो पकड भएका नगर समेत कांग्रेसले जितेको छ । काठमाडौं र ललितपुरको परिणाम नआउँदै कांग्रेस १२ स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ ।

कांग्रेसले पहिले जितेका छ स्थानको पकड निरन्तर गर्दै एमालेले जितेका छ स्थानीय तह खोसेको हो । पहिले एमालेले जितेका तारकेश्वर, किर्तिपुर, कागेश्वरी मनोहरा, चाँगुनारायण, मध्यपुरथिमि र महाकांलमा यसपटक कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अघिल्लो पटक काठमाडौं महानगरपालिकासहित १२ स्थानीय तहको प्रमुख जितेको एमाले यसपटक पाँच स्थानमा खुम्चिएको छ । एमालेले पहिले माओवादी केन्द्रले जितेको कोञ्ज्योस्याम गाउँपालिकासहित टोखा, बुढानिलकण्ठ, सुर्यविनायक र महालक्ष्मीमा प्रमुख पदमा जितेको हो ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक–एक स्थानमा जितेका छन् । नेमकिपाले भक्तपुर नगरपालिकामा निरन्तर जित्दै आएको छ भने राप्रपाले ठूला दल र गठबन्धनलाई समेत चुनौती दिएर शंखरापुर नगरपालिकामा जित हासिल गरेको हो ।

कांग्रेसले गोकणेश्वर, तारेकेश्वर, किर्तिपुर, दक्षिणकाली र गोदावरीमा प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । एमालेले बुढानिलकण्ठ र सुर्यविनायक नगरपालिकामा दुवै पद जितेको छ ।

एमालेले प्रमुख जितेका टोखा, महालक्ष्मी र कोञ्ज्योस्यायमा कांग्रेसले उपप्रमुख जितेको छ भने कांग्रेसले प्रमुख जितेका नागार्जुन, चन्द्रागिरी, कागेश्वरी मनोहरा र चाँगुनारायणमा एमालेले उपप्रमुख जितेको छ । प्रमुख पदमा शुन्य बनेको नेकपा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धनमा मध्यपुरथिमि नगरपालिका र ललितपुरका बागमती र महाकांलमा उपप्रमुख जितेको छ ।

कहाँ कसले जिते ?

कागेश्वरी मनोहरा नगरपालिका

मेयर : उपेन्द्र कार्की, नेपाली कांग्रेस

उपमेयर : शान्ता थापा, नेकपा एमाले

किर्तिपुर नगरपालिका

मेयर : राजकुमार नकर्मी, नेपाली कांग्रेस

उपमेयर : शुभलक्ष्मी शाक्य, नेपाली कांग्रेस

गोकणेश्वर नगरपालिका

मेयर : दिपककुमार रिसाल, नेपाली कांग्रेस

उपमेयर : सान्नानी लामा, नेकपा एमाले

चन्द्रागिरी नगरपालिका

मेयर : घनश्याम गिरी, नेपाली कांग्रेस

उपमेयर : बसन्ती श्रेष्ठ, नेकपा एमाले

टोखा नगरपालिका

मेयर : प्रकाश अधिकारी नेकपा एमाले

उपमेयर : मुरारी तामाङ, नेपाली कांग्रेस

ताकेश्वर नगरपालिका

मेयर : कृष्णहरि महर्जन, नेपाली कांग्रेस

उपमेयर : सृजना बुर्लाकोटी, नेपाली कांग्रेस

दक्षिणकाली नगरपालिका

मेयर : मोहन बस्नेत, नेपाली कांग्रेस

उपमेयर : बसन्ती तामाङ, नेपाली कांग्रेस

नागार्जुन नगरपालिका

मेयर : मोहनबहादुर बस्नेत, नेपाली कांग्रेस

उपमेयर : सुशीला अधिकारी, नेकपा एमाले

बुढानिलकण्ठ नगरपालिका

मेयर : मिठाराम चौधरी, नेकपा एमाले

उपमेयर : अनिता लामा, नेकपा एमाले

शंखुरापुर नगरपालिका

मेयर : रमेश नापित, राष्ट्रिय प्रजातन्त्र पार्टी

उपमेयर : समिता श्रेष्ठ, नेपाली कांग्रेस

चाँगुनारायण नगरपालिका

मेयर : जीवन खत्री, नेपाली कांग्रेस

उपमेयर : रमेश बुढाथोकी, नेपाल एमाले

भक्तपुर नगरपालिका

मेयर : सुनिल प्रजापति, नेमकिपा

उपमेयर : रजनी जोशी, नेमकिपा

मध्यपुरथिमि नगरपालिका

मेयर : सुरेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस

उपमेयर : विजयकृष्ण श्रेष्ठ, माओवादी केन्द्र

सूर्यविनायक नगरपालिका

मेयर : बासुदेव थापा, नेकपा एमाले

उपमेयर : सरिता भट्टराई (तिमल्सिना), नेकपा एमाले

कोन्ज्योसोम गाउँपालिका

अध्यक्ष :कृष्णमान लामा, नेकपा एमाले

उपाध्यक्ष : राजनप्रसाद घिमिरे, नेपाली कांग्रेस

गोदावरी नगरपालिका

मेयर : गजेन्द्र महर्जन, नेपाली कांग्रेस

उपमेयर : मुना अधिकारी, नेपाली कांग्रेस

महाकांल गाउँपालिका

अध्यक्ष : गणेश केसी, नेपाली कांग्रेस

उपाध्यक्ष : डोल्मामाया गोले, माओवादी केन्द्र

महालक्ष्मी नगरपालिका

अध्यक्ष : हरिगोविन्द श्रेष्ठ, नेकपा एमाले

उपाध्यक्ष : लक्ष्मी महर्जन नेपाली कांग्रेस

बागमती गाउँपालिका

अध्यक्ष : बीरबहादुर लोप्चन, नेपाली कांग्रेस

उपाध्यक्ष : भक्तबहादुर दर्लामी, माओवादी केन्द्र

प्रकाशित : जेष्ठ ७, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?