कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नरैनापुरमा जसपा निर्वाचित 

काठमाडौँ — बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव निर्वाचित भएका हुन् ।

नरैनापुरमा जसपा निर्वाचित 

पालिकामा दुवै जना दोहोरिएका छन् । शाहले कांग्रेसका रामचन्द्र मौर्य र श्रीवास्तवले कांग्रेसकै अतिकुन निशा खाँलाई पराजित गरेका हुन् ।

शाह ५ हजार ३७ मतका साथ निर्वाचित भएका भने उनका निकटतम प्रतिद्वन्दी मौर्यले ३ हजार ६ सय ८५ मत पाएका छन् । त्यस्तै श्रीवास्तव ३ हजार ८ सय ७९ मतका साथ निर्वाचित हुँदा खाँले ३ हजार ६ सय ७२ मत पाइन् । ६ वटा वडा रहेको नरैनापुरमा ४ वटा वडा कांग्रेस र २ वडा जसपाले जितेका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?