कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषा मिथिला बिहारीको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

धनुषा — धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचत आयोगका अनुसार मिथिला बिहारीको मेयरमा कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद यादव र उपमेयरमा मा‌ओवादी केन्द्रका उम्मेदवार शोभादेवी साह निर्वाचित भएका छन् । 

धनुषा मिथिला बिहारीको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

मेयरमा निर्वाचित नेपाली कांग्रेस उम्मेदवार यादव ४ हजार ३ सय ४ मत प्राप्त गरेर विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मेयरका उम्मेदवार अनिलकुमार यादवलाई २ सय १० को मतान्तरले पराजित गरेका छन् । पराजित अनिलकुमार यादवले ४ हजार ९४ मत प्राप्त गरेका थिए ।

उपमेयरमा निर्वाचित माओवादी केन्द्रकी उम्मेदवार शोभादेवी साहले ३ हजार ३ सय ३० मत प्राप्त गरिन् । यसैगरी एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ७ सय ९७ प्राप्त गरेका थिए । उपमेयरमा जनता समाजवादीका उम्मेदवार जीवछ यादवले २ हजार ७ सय ११ मत प्राप्त गरेका थिए ।

यो नगरपालिकामा राजनीतक दलहरू छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा थिए ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?