कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटको कटहरिया नगरपालिकामा कांग्रेस विजयी

शिव पुरी

रौतहट — रौतहटको कहटरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार अजय प्रकाशले २ हजार ५ सय ९५ मत अन्तरले विजयी भएका हुन् । उनले ७ हजार १ सय ७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सियारामप्रसाद कुशवाहाले ४ हजार ५ सय ७७ मत पाए । कुशवाहा निवर्तमान नगर प्रमुख हुन् ।

रौतहटको कटहरिया नगरपालिकामा कांग्रेस विजयी

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा कुशवाहा नेकपा माओवादीबाट विजयी भएका थिए । यसपालि एमाले प्रवेश गरेर नगरप्रमुखमा पुन: उम्मेदवारी दिएका थिए । निर्वाचित नगरप्रमुख अजय अघिल्लो निर्वाचनमा कुशवाहासित पराजित भएका थिए । यसपटक उनले कुशवाहालाई पराजित गरे ।

नगर उपप्रमुखमा कांग्रेसकै रिता देवी विजयी भइन् । रिताले ७ हजार ५ सय २० मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुन्ती देवीले ४ हजार ५ सय ३७ मत पाइन् ।

९ वटा वडा रहेको कटहरिया नगरपालिकामा १ मा समाजवादीका वडाअध्यक्ष निर्वाचित भएका छन् । २, ३, ४ र ६ वडाहरुमा नेकपा एमाले र ५, ७, ८ र ९ नम्बर वडामा नेपाली कांग्रेसका वडाअध्यक्षहरु विजयी भएको निर्वाचन अधिकृतको कार्यालय कटहरियाले जनाएको छ ।


प्रकाशित : जेष्ठ ७, २०७९ ००:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?