हेटौंडाको मेयरमा नेकपा एसकी लामा र उपमेयरमा कांग्रेसका बानियाको जित सुनिश्चित- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

हेटौंडाको मेयरमा नेकपा एसकी लामा र उपमेयरमा कांग्रेसका बानियाको जित सुनिश्चित

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाले महिला मेयर पाउने निश्चित भएको छ । हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना लामाको जित सुनिश्चित भएको छ ।

उनी २१ हजार ८सय २ मतसहित अग्रस्थानमा रहेकी छिन् । उनलाई पछ्याएका एमालेका अनन्तप्रसाद पौडेलको १९ हजार ७ सय १ मत रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हेटौंडामा अब वडा नम्बर ४ को करिब ४ सय मत गन्न बाँकी रहेको छ । जुन लामा र पौडेलबीचको मतान्तरभन्दा निकै कम हो । अहिले दुई उम्मेदवारबीच २ हजार १ सय १ मतको अन्तर रहेको छ । पौडेलले लामालाई गणनास्थलमै खादा ओढाएर बधाईसमेत दिइसकेका छन् ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाको जित सुनिश्चित भएको छ । उनले अहिलेसम्म २६ हजार ४ सय ४६ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेकी एमालेकी सुमित्रा काफ्लेले १९ हजार १ सय २ मत मात्र ल्याएकी छिन् । हेटौंडामा एकीकृत समाजवादीले मेयरमा र कांग्रेसले उपमेयरमा उम्मेदवारी दिएको हो ।

प्रकाशित : जेष्ठ ६, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती गाउँपालिकामा गठबन्धन विजयी

सुवास विडारी

मकवानपुर — मकवानपुरको पूर्वी गाउँपालिका वाग्मतीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान प्रमुखमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपप्रमुखमा निर्वाचित भएका हुन् ।

सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् ।

सर्केशले ७ हजार ३८४ मत प्राप्त गरेका थिए । पराजित खेमले ६ हजार १६६ मत प्राप्त गरेका थिए । उपमेयरमा विजयी भएका फणिन्द्रले ७ हजार ९३५ मत प्राप्त गरेका थिए । उपमेयरमा पराजित नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी थिइन् ।

वाग्मतीमा माओवादीले ५ वटा, एमालेले ३ वटा र कांग्रेसले एउटा वडामा विजयी हात पारेको थियो । मतगणनाको क्रममा विवादहुँदा दोहोर्‍याएर एउटा वडाको मतगणना गर्नुपर्दा ढिलो नतिजा सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना आएको निर्वाचन अधिकृत हरि उपाध्यायले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ६, २०७९ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×