कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्कीको जित सुनिश्चित

विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार र गठबन्धनवाहिरको एमालेकी उपमेयर उम्मेदवार जित नजिक पुगेका छन । ७ हजार मत गणना हुन बाँकी रहँदा गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइराला र एमालेवाट उमपेयरकी उम्मेदवार शिल्पा निराला कार्की जितनजिक पुगेका हुन् ।

विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्कीको जित सुनिश्चित

यहाँ गठबन्धनका उपमेयरका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादव कार्कीभन्दा झन्डै आधा मतले पछि छन ।

कुल ८९ हजार ६७८ मत झरेको विराटनगरमा शुक्रबार साँझ सम्म ८२ हजार ५२७ मत गणना हुँदा गठबन्धनका कोइरालाले २७ हजार २६४ मत पाएका छन् । उनका प्रत्यासी एमालेका सागरकुमार थापाले २० हजार ७९ मत पाउँदा कोइराला विजयी नजिक पुगेका हुन् । गणना गर्न बाँकी रहेको मतमा कोइरालालाई मत नै नपर्दा मात्र थापाको जित सम्भव हुने स्थिति छ ।

त्यसैगरी उपमेयरमा एमालेकी कार्कीले २३ हजार ६३१ मत पाउँदा गठबन्धनका यादवले १३ हजार २३४ मत मात्र पाउँदा कार्की पनि जितनजिक पुगेकी हुन । गणना गर्न बाँकी रहेको सवै मत यादवलाई परे पनि उनी विजय हुँदैनन् । यही मत आँकडाले मतगणनास्थल आर्दश माध्यामिक विद्यालयबाहिर सम्भावित विजयी मेयर र उपमेयरका उम्मेदवारलाई बधाई दिन सुरु भएको छ ।

प्रमुख निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार महानगरको मतगणना शुक्रबार रातिसम्ममा सक्ने तयारी गरिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?