काभ्रे — धुलिखेल नगरपालिकाको मेयरमा एमालेका अशोकुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । उनले ८ हजार ३ सय ५१ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले ७ हजार ४११ मत ल्याए ।
यस्तै, उपमेयरमा कांग्रेसका निराजन जंगम विजयी भए । उनले ७ हजार ९३८ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी लालतारा अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गरिन् ।