कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडामा मतगणना नसकिँदै एमाले उम्मेदवारले दिए नेकपा एसकी लामालाई बधाई

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाको करिब ४ हजार मत गन्न बाँकी हुँदै एमालेले हार स्वीकार गरेको छ । ७३ हजार ४ सय १४ मत खसेकोमा पछिल्लो मत परिणामअनुसार ६९ हजार ६ सय ९६ मत मात्रै गणना भएको छ ।

हेटौंडामा मतगणना नसकिँदै एमाले उम्मेदवारले दिए नेकपा एसकी लामालाई बधाई

गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामाले एमाले उम्मेदवारसँग २ हजार ७७ मतान्तर कायम राखेकी छन् । तर, ३ हजार ७ सय १८ मत गणना हुने क्रममा रहको छ । एमाले उम्मेदवार अनन्त पौडेलले हार स्वीकार गर्दै गठबन्धनकी उम्मेदवार लामालाई भेटेरै बधाई दिएका छन् ।

मतगणना स्थलमै आएर उनले लामालाई खादा लगाउदै बधाई दिएका हुन् । अहिले हेटौंडा ९,१०,११,१२ र १३ नम्बर वडाको मतगणना जारी छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?