पर्साको सखुवाप्रसौनीको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा एमालेका जसवन्त यादव निर्वाचित भएका छन् । यादवले १ हजार ८ सय ३१ मतान्तरले जनता समाजवादी पार्टी (जसपा)का प्रदीप जयसवाललाई पराजित गरेका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![पर्साको सखुवाप्रसौनीको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/miscellaneous/yadev-2052022105723-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
जयसवाल गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । यादवले ६ हजार ६ सय ४१ मत ल्याएका छन् भने जयसवालले ४ हजार ८ सय १० मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
गाउँपालिका उपाध्यक्षमा जसपाकी शर्मिला विष्ट निर्वाचित भएकी छन् । विष्टले एमालेकी फूलमतिकुमारी थरुनीलाई २ सय १२ मतले पराजित गरेकी हुन् ।
विष्टले ४ हजार ८ सय ६८ मत ल्याएकी छन् भने थरुनीले ४ हजार ७ सय ७८ मत पाएकी छन् । थरुनी निवर्तमान उपाध्यक्ष हुन् । २०७४ को निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएकी थिइन् ।
प्रकाशित : जेष्ठ ६, २०७९ १४:४६प्रतिक्रिया