कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पञ्चदेवल बिनायकको मेयरमा कांग्रेसकी अम्बिका निर्वाचित

अम्बिका चलाउने बनिन् अछामकै पहिलो महिला मेयर
मेनुका ढुंगाना

अछाम — अछामको पञ्चदेवल बिनायक नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी अम्बिका चलाउने विजयी भएकी छन् । यससँगै उनी अछाम जिल्लाकै पहिलो मेयरसमेत बनेकी छन् ।

पञ्चदेवल बिनायकको मेयरमा कांग्रेसकी अम्बिका निर्वाचित

यसअघि नगर उपप्रमुख तथा कांग्रेस सुदूरपश्चिम सहमहामन्त्रीसमेत रहेकी चलाउने ३ हजार ६ सय ५३ मतसहित यसपटक नगर प्रमुखमा विजयी भएकी हुन् ।

चलाउनेले निकटतम प्रतिस्पर्धी माओवादीका राम बहादुर बिकलाई ४ सय ८१ मतान्तरले हराउँदै जित हासिल गरेकी हुन् । बिकले ३ हजार १ सय ७२ मत प्राप्त गरेका थिए ।

यस्तै नगर उपप्रमुखमा कांग्रेसका उम्मेदवार हर्क बहादुर रावल निर्वाचित भएका छन् । उनी ४ हजार १ सय ८८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्री रिता रावलले २ हजार ६ सय १८ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?