कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेथानचोकको अध्यक्षमा कांग्रेसका अधिकारी र उपाध्यक्षमा माओवादीकी राना विजयी

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारी निर्वाचित भएका छन् । अधिकारी २ हजार ८ सय ५९ मतको अन्तरले विजयी भएका हुन् ।

बेथानचोकको अध्यक्षमा कांग्रेसका अधिकारी र उपाध्यक्षमा माओवादीकी राना विजयी

अधिकारीले ६ हजार १९ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका कमल तिमल्सिनाले ३ हजार १ सय ६० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना ४ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भइन् ।

निकटतम प्रतिस्पर्धी एमालेकी सरला लामिछाने (केसी) ले ३ हजार ५ सय ७३ मत प्राप्त गरिन् ।उक्त गाउँपालिकामा कुल १० हजार ७ सय ३४ मतदान भएको थियो ।

६ वडा रहेको बेथानचोक गाउँपालिकाका ५ वटा वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं ५ को अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा निर्वाचित भएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिछानेसहित ६ वडाका ३२ जनामध्ये ३१ जना नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?