दोलखा भिमेश्वर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
दोलखा — दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उपमेयरमा भने एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनबाट भिमेश्वर नगरपालिकाको मेयर उम्मेदवार बनेका कांग्रेसका ईश्वरनाथ मानन्धर निर्वाचित भएका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![दोलखा भिमेश्वर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/bhimeshowar-2052022034439-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
माधनन्धरले ८ हजार ७ सय २३ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार हरिवंश चौलागाईंलाई १ हजार ४ सय २२ को मतान्तरले पराजित गरेका हुन् । मानन्धरको ७ हजार ३ सय १ मत आएको थियो ।
त्यस्तै, उपमेयरमा भने एमालेले गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गरेको छ । एमालेकी उपमेयर उम्मेदवार कमला बस्नेत ७ हजार २ सय ६४ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार संगीता तामाङले ६ हजार ९ सय २१ मत ल्याएकी छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा भिमेश्वर नगरपालिकाको मेयरमा एमालेका भरत केसी निर्वाचित भएका थिए । उनले कांग्रेसका ईश्वरनाथ मानन्धरलाई पराजित गरेका थिए । त्यतिबेला मेयर निर्वाचित केसीले ६ हजार ८ य ५३ मत प्राप्त गरेका थिए भने पराजित मानन्धरले ५ हजार ८ सय १५ मत प्राप्त गरेका थिए । मानन्धर यसपटक भने निर्वाचित हुन सफल भएका हुन् । २०७४ मा उपमेयर पनि एमालेले नै जितेको थियो । उपमेयरमा एमालेकी कमला बस्नेतले ७ हजार १७ मत र उनकी निकटतम प्रतिद्वन्द्वी कमला कार्कीले २ हजार ८ सय ७९ मत प्राप्त गरेकी थिइन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)