कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसिकोटको मेयरमा कांग्रेस, उपमेयरमा नेकपा एस विजयी

हरि गौतम

रुकुम पश्चिम — रूकुम पश्चिमीको मुसिकोट नगरपालिकामा कांग्रेसका उम्मेदवार मेयरमा निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मुसिकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र केसी ६ हजार ९ सय १४ मत ल्याई विजयी भएका हुन् ।

मुसिकोटको मेयरमा कांग्रेस, उपमेयरमा नेकपा एस विजयी

केसीले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसन्तकुमार शर्माले ६ हजार ९ सय १ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार विमलकुमार पुन मगर ६ हजार १ सय ४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार थलबहादुर ओलीले ५ हजार ९ सय ८५ मत ल्याएका छन् ।

उनीहरु गठबन्धनबाट निर्वाचनमा उठेका थिए । एमाले–कांग्रेस गठबन्धन थियो भने माओवादी–समाजवादीको गठबन्धन थियो । एमाले–कांग्रेस गठबन्धनबाट प्रमुखमा केसी र माओवादी–समाजवादी गठबन्धनबाट उपप्रमुखमा पुन निर्वाचित भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार तथा प्रतिनिधि भने आफ्नो प्यानलका ४५ मत बदर गरी दिएको भन्दै गणनास्थलबाट बाहिरिएको थियो ।

१४ वडा रहेको मुसीकोटका ८ वडा माओवादीले जित्दा ६ वडा नेपाली कांग्रेसले जितेको छ । नेकपा एमालेले एउटा वडा पनि जित्न सकेन ।


प्रकाशित : जेष्ठ ६, २०७९ ०४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?