कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहाको अर्नामा गाउँपालिका अध्यक्षमा जसपाका यादव निर्वाचित

भरत जर्घा मगर

सिरहा — सिरहाको अर्नामा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार यादव विजयी भएका छन् । यादवले ३ हजार २ सय ३३ मत प्राप्त गरे । निर्वाचित यादव जनता समाजवादी पार्टीका जिल्ला अध्यक्षसमेत हुन् ।

सिरहाको अर्नामा गाउँपालिका अध्यक्षमा जसपाका यादव निर्वाचित

यादवका निकटतम् प्रतिस्पर्धी एमालेका चन्देश्वर मण्डलले २ हजार ८ सय १० मत प्राप्त गरे । मण्डल एमालेका सिरहा जिल्ला अध्यक्ष हुन् ।

त्यसैगरी उपाध्यक्षमा जनता समाजवादी पार्टीका शोभाकुमारी साह विजयी भएकी छन् । साहले ३ हजार १ सय ५९ मत प्राप्त गरिन । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामपुकारी देवी कोइरिनले २ हजार ९ सय ५७ मत प्राप्त गरिन ।

५ वडा रहेको अर्नामा गाउँपालिकामा जसप र एमाले २/२ र एक वडामा माओवादी केन्द्रले जीत हासिल गरेको छ । जसपाका तर्फबाट वडा नम्बर ३ मा महेश यादव र ५ मा मनिकलाल यादव विजयी भएका छन् ।

एमालेको तर्फबाट वडा नम्बर २ मा दीपेन्द्र यादव र ४ मा शिवशंकर यादव विजयी भएका छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका गफार मियाँ विजय भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?