कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जसपाका यादव निर्वाचित

अवधेशकुमार झा

राजविराज — सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उमेशप्रसाद यादव निर्वाचित भएका छन् ।

विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जसपाका यादव निर्वाचित

निवर्तमान अध्यक्ष कांग्रेसका लिलाम्बर यादवलाई ३ सय ५३ मत अन्तरले पराजित गर्दै जसपाका यादव निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी रेणुकुमारी यादव निर्वाचित भएकी छन् ।

यादवले ३ हजार १ सय ६४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका लिलाम्बर यादवले २ हजार ८ सय ११ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकी रेणुकुमारी यादवले ३ हजार ३ सय ६५ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिस्पर्धी जसपाकी उषाकुमारी साहले ३ हजार ४६ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?