२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

५३४ पालिकाको परिणाम घोषणा, कुन दल कति स्थानमा विजयी ?

काठमाडौँ — वैशाख ३० गते भएको स्थानीय तह चुनावको बिहीबार बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम घोषणा भएको छ । जसमा नेपाली कांग्रेसले २४१ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा आएको छ । त्यसैगरी १५४ पालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

५३४ पालिकाको परिणाम घोषणा, कुन दल कति स्थानमा विजयी ?

पाँच वर्षअघि भएको स्थानीय चुनावमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको छ । ७ सय ५३ मध्ये नेकपा माओवादी केन्द्रले १०१ स्थानमा जित हासिल गरेको छ । यसअघि भएको स्थानीय तह चुनाव माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो । जनता समाजवादी पार्टीले १२, नेकपा एकीकृत समाजवादीले ९ र लोकतन्त्रिक समाजवादी पार्टीले १ स्थानीय तह प्रमुख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरुले १६ स्थानीय तहको प्रमुख जितेका छन् ।

त्यसैगरी उपप्रमुखतर्फमा कांग्रेसले २२४ को स्थानीय तहको उपप्रमुख जितेको छ । त्यसैगरी एमालेले १६४, माओवादी केन्द्रले १०६, एकीकृत समाजवादीले १६ स्थानीय तहको उपप्रमुखमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टीले १३, राप्रपा, स्वतन्त्र, राजमो, लोकतान्त्रिक समाजवादी पार्टीले पनि उपप्रमुखमा जित हासिल गरेको छ ।

सार्वजनिक नतिजामा जितपुर-सिमरा, घोराही उपमहानगरपालिकासहित नगरपालिका र गाउँपालिका रहेका छन् । अझै ६ महानगरपालिकासहित २१९ स्थानीय तहको परिणाम बाँकी छ ।


प्रकाशित : जेष्ठ ५, २०७९ ०६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?