मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

सुवास विडारी

मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार साझ सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनतर्फका उम्मेदवार रहेका कालाखेतीले ९ हजार ३ सय १६ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए । ६ हजार ४ सय ७० मतसहित नेकपा माओवादी केन्द्रकी सीता पुलामी पालिकाको उपाध्यक्ष निर्वाचित भइन् । उपाध्यक्षका आकांक्षी नेकपा एमालेकी उम्मेदवार सुजिता थिङले ५ हजार ४ सय ५४ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडाको अध्यक्ष जितेर पालिका हाँकेको नेकपा एमाले यस पटकको निर्वाचनमा ४ जना वडा सदस्यमा सीमित बनेको छ ।

नेकपा एमालेले मनहरी–९ मा ४ जना वडा सदस्य मात्रै जितेको छ भने २०७४ सालको निर्वाचनमा २ वटा वडामा सीमित बनेको नेपाली कांग्रेसले यसपटक ६ वटा वडासहित पालिका अध्यक्ष जितेको छ भने नेकपा माओवादी केन्द्रले पालिकाको उपाध्यक्षसहित ३ वटा वडा अध्यक्ष जितेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंको गोकर्णेश्वरमा कांग्रेसका रिसाल र एमालेकी लामा विजयी

एमालेको ५, कांग्रेसको ३ र एक स्वतन्त्र वडाध्यक्ष निर्वाचित
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका दीपककुमार रिसाल र उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामा विजयी भएकी छिन्। प्रमुखमा निर्वाचित रिसालले ९ हजार ६ सय ९२ मत प्राप्त गरेका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५ सय ४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा निर्वाचित नेकपा एमालेकी लामाले ८ हजार ८ सय ४ मत प्राप्त गरिन् । कांग्रेसकी शान्ति नेपाललाई ८ हजार ६ सय ७१ मत प्राप्त गरेकी छिन् । गोकर्णेश्वरको ५ वडा एमालेले जितेको छ । एमालेले वडा नम्बर १, २,३, ६, ७ अध्यक्ष जितेको छ भने कांग्रेसले ५, ८ र ९ नम्बर वडामा जित हासिल गरेको छ । स्वतन्त्रले वडा नम्बर ४ मा अध्यक्ष जितेको छ ।

२०७४ सालमा भएको स्थानीय चुनावमा कांग्रेसले प्रमुख तथा उपप्रमुख र बहुमत वडाध्यक्ष जितेको थियो । काठमाडौंका शंखरापुरा, बुढानीलकण्ठ, टोखा, तारकेश्वर, कीर्तिपुर, दक्षिणकाली नगरपालिकको परिणाम सार्वजनिक भएको छ ।

जसमा शंखरापुरमा राप्रपा, तारकेश्वर, कीर्तिपुर, दक्षिणकाली नगरपालिका कांग्रेसले जितेको छ । एमाले बुढानिलकण्ठ र टोखा एमालेले जितेको छ । कागेश्वरी मनोहरा, नागार्जुन, चन्द्रगिरी नगरपालिका र काठमाडौं महानगरपालिमा मतगणना जारी रहेछ ।

प्रकाशित : जेष्ठ ४, २०७९ २१:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×