कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन आयोगको निर्देशनपछि गोरखाको पालुङटारको मतगणना सुरु

हरिराम उप्रेती

गोरखा — निर्वाचन आयोगको निर्देशनपछि पालुङटार नगरपालिकामा मतगणना सुरु भएको छ । केही समयअघिदेखि मतगणना सुरु गरिएको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।

निर्वाचन आयोगको निर्देशनपछि गोरखाको पालुङटारको मतगणना सुरु

मतगणना सुरु गर्न जनता समाजवादीबाहेकका अन्य दल सहमत भएका छन् । जनता समाजवादी पार्टीले भने सहमतिमा हस्ताक्षर नगरे पनि मतगणना स्थलमा प्रतिनिधि छन् ।

पालुङटार नगरपालिकाको मतगणना कार्य सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो । पालुङटार नगरपालिका–६ को वीरभद्र बुथको मतपेटिमा सिलको विषयलाई लिएर दिउँसो तीन बजेदेखि मतगणना रोकिएको थियो । सर्वदलीय बैठकमा मतगणनाको विषयमा सहमति जुट्न नसकेपछि निर्वाचन अधिकृतको कार्यलयले जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगसमक्ष राय मागेको थियो ।

निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना अघि बढाउन निर्देशन दिएको हो । आवश्यक सुरक्षाको प्रबन्ध मिलाई मतगणना कार्य प्रारभ्भ गर्न निर्देशन दिएको हो । मतगणना गर्न राजनीतिक दल तथा उम्मेदवार वा निजका प्रतिनिधि सहमत नभएमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा १६७ बमोजिम गर्न गराउन निर्देशन दिएको हो ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा प्रतिस्पर्धा पनि रोचक वनेको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उमेदवार विवश चिन्तन र जनता समाजवादी पार्टी (जसपा)का उमेदवार प्रेम गुरुङबीच ३६१ को मतान्तर छ । माओवादीको चिन्तन ५ हजार ७ सय ८३ अघि छन् भने र जसपाका गुरुङले ५ हजार चार सय २२ मत ल्याएका छन् । तेस्रोमा रहेका कांग्रेस उमेदवार दीपकबाबु कँडेलले ४ हजार ७ सय ५५ मत ल्याएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?