कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडामा मीना लामाको अग्रता कायमै

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले २४ घण्टादेखि आफ्नो अग्रतालाई कायम राखेकी छिन् ।

हेटौंडामा मीना लामाको अग्रता कायमै

बुधबार साँझ ६ बजेसम्मको मतपरिणामअनुसार लामाले राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहसँग ६३६ मतको अग्रता कायम राखेकी हुन् । ४२ हजार १९० मतगणना हुँदा लामाले १३ हजार ६९८ मत प्राप्त गरेकी छिन् ।

सिंहले १३ हजार ६२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १२ हजार ६०१ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ । उपमेयरमा कांग्रेसका राजेश बानियाँले २० हजार ६०६ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले १५ हजार २६० मत प्राप्त गरेकी छिन् ।

हेटौंडामा हालसम्म ७ वडाको मतगणना सकिएको छ । जसमध्ये ५ वटामा कांग्रेस र २ वटा एमालेले जित हात पारेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?