कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुरमा ३० हजार मत गनियो, रेनुको अग्रता बढ्दै 

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारूढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता फराकिलो हुँदै गएको छ । हाल भरतपुर-७ को गणना भइरहेको छ ।

भरतपुरमा ३० हजार मत गनियो, रेनुको अग्रता बढ्दै 

महानगरको कुल ३० हजार २५२ मत गणना हुँदा रेनु नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा दुई हजार मतले अगाडि छिन् । दाहालको ११ हजार ९० र सुवेदीको ९ हजार ९० मत आएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ४ हजार ९५८ मत आएको छ । उपमेयरमा चित्रसेन अधिकारीको १३ हजार २४५ र हिमला गुरूङको सात हजार ३७१ मत आएको छ ।

अधिकारी सत्तारूढ गठबन्धनबाट का‌ग्रेसका उम्मेदवार हुन् भने राप्रपाकी हिमलालाई एमालेको समर्थन छ । २९ वटा वडा रहेको भरतपुरमा कुल १ लाख २७ हजार ८३९ मत खसेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?