कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैलेखको आठबीस नगरपालिकामा एमालेका बडुवाल विजयी

ज्योति कटुवाल

काठमाडौँ — दैलेखको आठबीस नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी भएका छन् भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भएकी छन् ।

दैलेखको आठबीस नगरपालिकामा एमालेका बडुवाल विजयी

प्रमुख बडुवालले ५ हजार ३ सय २७ मत ल्याएका छन् भन् उनका प्रतिद्वन्द्वी शाहीले भने ५ हजार ६६ मत प्राप्त गरेका हुन् ।

थापाले ५ हजार १ सय १३ मत प्राप्त गरिन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निशा थापाले ४ हजार ९ सय ६५ मत ल्याएर पराजित भएकी हुन् । साथै, नेकपा एमालेबाट आठबीस नगरपालिकाको वडा नम्बर १ मा बमबहादुर रावत, २ मा कलम कामी, ४ मा टेकबहादुर माझी, ६ मा नवराज शर्मा र ८ मा अदल शाही विजयी भएका छन् ।

यस्तै, नेपाली कांग्रेसले ३ वडा जितेको छ । वडा नम्बर ३ मा नगेन्द्रराज कार्की, ५ मा बजर सिंह विक, ७ मा जैसिंह कठायत र ९ मा शेरबहादुर सिजापती विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?