कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी 

भानुभक्त निरौला

सोलुखुम्बु — सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  नेचासल्यानको गाउँपालिका अध्यक्षमा कांग्रेसका धनराज राई र उपाध्यक्षमा बिना राई निर्वाचित भएका हुन् । कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका धनजन राईले २ हजार ५ सय ५९ मत ल्याएका छन् । प्रमुख प्रतिद्वन्द्वी एमालेका डुफकुमार बाँस्तोलाले २ हजार ३ सय १३ मत ल्याएका थिए ।  यो पालिकामा माओवादी केन्द्रका उम्मेदवार भुपेन्द्र कट्टेलले १ हजार १ सय १९ मत पाए ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी 

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेस उम्मेदवार बिना राई निर्वाचित भएकी छन् । उनले २ हजार ९ स ६ मत ल्याउँदा एमाले उम्मेदवार सृजना राईले १ हजार ७ सय ८१ मत पाइन् । माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उपाध्यक्ष उम्मेदवार बनेका नेकपा (एस)का जिल्ला सचिव डिल्ली राईले ८ सय २७ मत ल्याए । ५ वटा वडा रहेको नेचासल्यानका वडा १, २ र ४ मा नेपाली कांग्रेस, वडा ३ मा माओवादी केन्द्र र वडा ५ मा एमालेले जितेको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा नेचासल्यानको अध्यक्ष एमालेले जितेको थियो ।

प्रकाशित : जेष्ठ ४, २०७९ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?