कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङ नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस र माओवादी विजयी

प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निकटतम प्रतिस्पर्धी एमालेका जनकराज पौडेललाई ५ हजार ८ सय २१ मतको अन्तरले पराजित गरे ।

बागलुङ नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस र माओवादी विजयी

अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १४ हजार ६ सय ७८मत पाएका छन् । निर्वतमान नगर प्रमुखसमेत रहेका जनकराज पौडेलले ८ हजार ८ सय २१ मत पाए । २०७४ को स्थानीय निर्वाचनमा श्रेष्ठ पौडेलसँगै २ हजार ३ सय मत अन्तरले पराजित भएका थिए ।

उपप्रमुखमा माओवादीका राजु खड्काले १२ हजार ४ सय २७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका सञ्जय खड्काले ८ हजार ६४ मत पाए । बागलुङ नगरका १४ वटा वडामध्ये ११ वटामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भए ।

वडा नं १, ३, ८, ९, ११, १३ र १४ वडा कांग्रेसले जितेको छ भने वडा नं २ र १० मा नेकपा एकीकृत समाजवादी, वडा नं ४ मा माओवादी केन्द्रले साथै वडा नं १२ मा स्वतन्त्र उम्मेदवारले अध्यक्ष जिते । वडा नं ५, ६ र ७ मा भने एमाले विजयी भएको छ।

बागलुङमा एमाले र राप्रपाको गठबन्धनबाट नगरप्रमुखमा एमाले, उपप्रमुखमा राप्रपाका उमेदवार थिए । सत्ता गठबन्धनतर्फ कांग्रेसका नगरप्रमुख र माओवादीका उपप्रमुख उमेदवार थिए ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?