कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैंडाकोटको मेयर चुनिए कांग्रेसका मदनभक्त अधिकारी, उपमेयरमा शान्ति कोइराला   

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयरसहित बहुमत वडा जितेको छ । निर्वाचन कार्यालयका अनुसार त्यहाँ मेयरका रुपमा मदनभक्त अधिकारीले १६ हजार ४ सय ५५ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका छत्रराज पौडेलले १३ हजार ६ सय ६ मत पाएका थिए । 

गैंडाकोटको मेयर चुनिए कांग्रेसका मदनभक्त अधिकारी, उपमेयरमा शान्ति कोइराला   

त्यसैगरी कांग्रेसबाट निर्वाचित उपमेयर शान्ति कोइरालाले १६ हजार १ सय १४ र उनका प्रतिस्पर्धी राप्रपाका तुलाराम पौडेलले ८ हजार ६ सय ४० मत पाएका छन् । गैंडाकोटमा बहुमत वडा कांग्रेसले जितेको छ । मेयरमा निर्वाचित मदनभक्त अधिकारी पञ्चायतकालमा लगातार २५ वर्षसम्म गैंडाकोटमा प्रधानपञ्चमा निर्वाचित ब्यक्ति हुन् । उनी कांग्रेसका किसान नेता स्वर्गीय सूर्यभक्त अधिकारीका छोरा हुन् ।


प्रकाशित : जेष्ठ ४, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?