कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापको उमाकुण्ड अध्यक्षमा एमाले, उपाध्यक्ष कांग्रेस विजयी

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली कांग्रेसकी सावित्री सुनुवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा सुनुवारले ३ हजार ७ सय २८ मत पाएर निर्वाचित भएका हुन् ।

रामेछापको उमाकुण्ड अध्यक्षमा एमाले, उपाध्यक्ष कांग्रेस विजयी

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितबहादुर कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गरेका थिए । सुनुवार यसअघि पनि उक्त पालिकाका अध्यक्ष थिए ।

उपाध्यक्षमा कांग्रेसकी सावित्री सुनुवारले २ हजार ९ सय २२ मत पाएर निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८ सय ३४ मत पाएकी थिइन् । सावित्री सुनुवार यसअघि वडा नम्बर ५ को उपनिर्वाचनमा वडाध्यक्ष पदमा एमालेका उम्मेदवारसँग पराजित भएकी थिइन् । अघिल्लो निर्वाचनमा पनि उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको थियो ।

अध्यक्षमा निर्वाचित सुनुवार उमाकुण्डमा २०५४ सालदेखि नेतृत्वमा छन् । २०५४ सालमा साविक प्रिती गाविसको अध्यक्ष भएर काम गरेका सुनुवार त्यसयता कुनै पनि निर्वाचनमा पराजित भएको अनुभव छैन ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?