कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेतको लेकबेंसीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतको लेकबेंसी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार उमेशकुमार पौडेल नेकपा एमालेका देवबहादुर रानालाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका हुन् । पौडेलले ६ हजार ६३९ मत पाए भने रानाले ६ हजार ३७४ मत प्राप्त गरे । पौडेल यसअघिको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा पराजित भएका थिए ।

सुर्खेतको लेकबेंसीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

उपप्रमुखमा भने एमालेका विमला खडलुक विजयी भएकी छन् । उनले ६ हजार १०९ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) की देउकली थापा मगरले ५ हजार ४४० मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच, एमालेले लेकबेंसीमा हार व्यहोरेको भन्दै नगर कमिटी इन्चार्ज टीकाराम सोमै र सहइन्चार्ज शान्तिकुमारी छन्तेलले राजीनामा दिएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरुले राजीनामा दिएका हुन् । ‘२०७४ सालको निर्वाचनमा एमालेले ६ वडासहित प्रमुख र उपप्रमुख जितेको थियो । पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका हौं,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७९ सालको निर्वाचनमा दुई वडा र उपप्रमुखबाहेक सबै पदमा पराजय हुनुपरेकाले आजैका मितिदेखि इन्चार्ज र सहइन्चार्जको जिम्मेवारीमा नरहने गरी राजीनामा दिएका छौं ।’

लेकबेंसीका १० वडामध्ये ८ वडा कांग्रेस र दुई वडा एमालेले जितेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?