सुर्खेतको बराहतालमा कांग्रेस विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

सुर्खेतको बराहतालमा कांग्रेस विजयी

चाँदनी कठायत

सुर्खेत — सुर्खेतको बराहताल गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् ।

भण्डारीले नेकपा एमालेका घनश्याम पाण्डेललाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ४२७३ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेलले ३५५५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन् । उनले ४३०१ मत प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पराजित गरेकी हुन् ।

विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ २२:४४
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वगाउँपालिका अध्यक्ष वडा सदस्यमा पराजित

चाँदनी कठायत

सुर्खेत — २०७४ को स्थानीय तह सदस्यको निर्वाचनमा सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका नेपाली कांग्रेसका तेजबहादुर बस्नेत यसपटकको चुनावमा वडा सदस्यमै पराजित भएका छन् ।

अघिल्लो पटकको चुनावमा लोकप्रिय मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका बस्नेत यसपटक भने आफ्नै वडा (वडा नं.८ ) मा वडा सदस्यमै पराजित भएका हुन् । बस्नेतले बराहताल-८ को वडा सदस्य पदका लागि ५३९ मत ल्याएर पराजित हुँदा खुल्ला सदस्यमा नेकपा एमालेका प्रेम राज लिम्बुले ५९१ मतका साथ विजयी भएका छन् ।

पाँच वर्षे कार्यकालमा जनचाहनाअनुरुप काम नगरेकाले जनताले नपत्याएको स्थानीयले बताएका छन् । जिल्ला समन्वय समितिको प्रमुखको रुपमा आउन खोजेका बस्नेतलाई वडा नं. ८ का मतदाताले सदस्य पदमै पनि पत्याएनन् । उनको यो हारसँगै उनी जिल्ला समन्वय समितिमा जाने बाटो पनि बन्द भएको छ ।

उनले सुरु गरेको उज्यालो बराहताल, बृहत् खानेपानी, पालिकाभित्र सडक सञ्जाल विस्तार, बाढीपीडितको पुनःस्थापना गर्नेलगायत योजनाहरु पाँच वर्षसम्म पनि सफल हुन सकेका छैनन् । आफ्नै वडामासमेत सडक विस्तार गर्न चुकेका बस्नेतलाई उनको असफलताले नै सदस्य पदमै जनताले हराइदिएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १६:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×