कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिमाटी गाउँपालिकामा एमालेका खत्री निर्वाचित

विप्लव महर्जन

सल्यान — जिल्लाको कालिमाटी गाउँपालिकामा अध्यक्षमा एमालेका दानबहादुर खत्री विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी सहनसिलता ओली विजयी भइन् ।

कालिमाटी गाउँपालिकामा एमालेका खत्री निर्वाचित

खत्रीले ३ हजार ७ सय ४१ र ओलीले ३ हजार ३ सय ७२ मत प्राप्त गरे । खत्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुरुषोत्तम भटराईले ३ हजार १ सय २९ र कांग्रेसका भरत पुनले २ हजार ३ सय ७९ मत ल्याए ।

त्यसैगरी उपाध्यक्षमा विजयी भएकी सहनसिलता ओलीकी निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका ज्ञानबहादुर खत्रीले २ हजार ७ सय ८६ र कांग्रेसकी काशिमाया रानाले २ हजार ३ सय ५२ मत प्राप्त गरिन् । खत्री ०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष पदमा र ओली उपाध्यक्ष पदमा विजयी भएका थिए । कालिमाटी गाउँपालिका एमालेको बाहुल्यता रहेको छ ।

कालिमाटी गाउँपालिकाका १५ हजार ८६ मतदातामध्ये निर्वाचनमा १० हजार १ सय ६६ ले मतदान गरेको निर्वाचन अधिकृत मनोहर घिमिरेले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७९ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?